site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोरखामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
प्रतीकात्मक तस्बिर ।

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२, छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ ।

धार्चे गाउँपालिका–२, केरौजा१५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

मान्वुस्थित श्री भवानी माविमा कक्षा–१० मा अध्ययनरत बालक गुरुङ विद्यालयको होस्टेलमा बसेर पढ्दै आएका थिए । होस्टेलमा बस्दै आएका अर्का एक साथीसँगै खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको उनले बताए ।

पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटेमा उपचार गर्न पु¥याइएको र उपचारका क्रममा नै बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

उनीसँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल होस्टेलमा फर्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा बालक डुबेका थिए । रासस

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro