site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ । 

"काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको ‘नाइन एन एएमपी’ जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ," त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । 

चालक दलका सदस्यसहित ७० जना यात्रु बोकेरे उडेको जहाजमा ‘इन्डिकेसन’मा समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।

प्रवक्ता सिटौलाका अनुसार जहाज दिउँसो १ः५३ बजे काठमाडौंबाट उडेको थियो ।

काठमाडौंबाट १५ माइल पर पुगेपछि जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गरिएको थियो । दिउँसो २ः१० बजे जहाज काठमाडौंमा अवतरण गरेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro