site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालले प्राप्त गर्‍यो दुई खर्ब १७ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता

काठमाडौं । नेपालले पछिल्लो एक वर्षको अवधिमा दुई खर्ब १७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । २०७९ साउन १ गतेदेखि २०८० असार २६ गतेसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
  
अर्थ मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये एक खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँ ऋण र ४१ अर्ब ९० करोड ६० लाख रुपैयाँ अनुदान रहेको छ ।
 
नेपाललाई उक्त सहायता प्रतिवद्धता जनाउनेमा युरोपेली युनियन, जापानिज अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), स्वीट्जरल्यान्ड, विश्व बैंक, कोरियाली अन्तर्राष्ट्रिय विकास नियोग (कोइका), एसियाली विकास बैंक (एडीबी), बेलायत, नर्वे र फिनल्यन्ड रहेका छन् । 

अर्थ मन्त्रालयको विवरणअनुसार सबैभन्दा बढी आर्थिक सहायता प्रतिवद्धता जनाउनेमा विश्व बैंक र एडीबी छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro