site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मधेस सरकारको बजेट सर्वसम्मतिले पारित

जनकपुरधाम । मधेस प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बिहीबार प्रदेश सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको हो ।

बजेटमाथिको छलफल सकेपछि सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएका थिए । त्यसपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका सांसदहरूले प्रस्ताव फिर्ता लिएपछि सभामुख रामचन्द्र मण्डलले निर्णयाथ प्रस्तुत गरेका थिए ।

सांसदहरूले सहमति जनाएपछि विनियोजन विधेयक, २०८० सँगै मधेस सरकारको आर्थिक वर्ष २०८०/०८१ को आय र व्ययको वार्षिक अनुमान सर्वसम्मतिले पारित भएको सभामुख मण्डलले घोषणा गरे ।

अर्थमन्त्री सञ्जयकुमार यादवले असार १ गते आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro