site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कहाँ–कहाँ छ सडक अवरुद्ध ?
फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न ठाउँमा भएको वर्षा तथा पहिरोका कारण सवारी आवगमन अवरुद्ध भएको छ । मेची राजमार्ग र तमोर करिडोरमा सवारी आवगमन अवरुद्ध भएको छ । 

केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम तथा गणेशचोक–ताप्लेजुङ्ग–ओलाङचुङ्गोला सडक खण्डको पाँचथरको हेवा खोलामा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । 

यस्तै चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकखण्डको तमोर करिडोरमा सडक अवरुद्ध भएको विभागले जानकारी दिएको छ । 

विभागका अनुसार एकतर्फी सवारी आवगमन १८ वटा सडकमा बन्द रहेको छ । यो वर्ष ६९ वटा सडक अवरुद्ध भएर खुलिसकेका विभागको तथ्यांक छ । ८९ सडक अवरुद्ध भइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro