site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेन नेटोसँग पहिलेभन्दा नजिक, सदस्यता दिने तय भएन

काठमाडौं । नेटोका प्रमुख जेन्स स्टोल्टेनवर्गले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँगको पत्रकार सम्मेलनमा युक्रेन नेटोसँग पहिलेको भन्दा नजिक भएको भनेका छन् ।

उनले युक्रेनलाई सदस्यता दिने प्रक्रिया छोटो पारिएको बताएका छन् । तर, सदस्यता दिनेबारे समयतालिका भने सार्वजनिक गरेनन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सदस्यता टाइमलाइन सेट गर्न ढिलाइ गरेको भन्दै नेटोको आलोचना गरेको बीबीसीले लेखेको छ । जेलेन्स्कीले अभूतपूर्व र बेतुकको निर्णय भएको भनेका छन् ।

नेटोको कुनै एक सदस्यमाथि आक्रमण भएमा सबै सदस्य त्यसको लागि लड्न जान्छन् । अहिले नेटोको सदस्य संख्या ३१ पुगेको छ र स्विडेन पनि चाँडै सदस्य बन्ने तयारीमा छ ।

लिथुआनियामा मंगलरबार सुरु भएको नेटो शिखर सम्मेलन बुधबार समाप्त हुने कार्यक्रम रहेको थियो । सम्मेलनमै युक्रेनको सदस्यताबारे ठोस निर्णय नभएको हो ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro