site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशको ११औँ तहका स्वास्थ्यकर्मी बढुवा तत्काल सच्याउन माग

काठमाडौं । नेपाल चिकित्सक संघले प्रदेश लोकसेवा आयोग वाग्मतीले गरेको ११औँ तहका कर्मचारी बढुवा तत्काल सच्याउन माग गरेको छ । 

संघले विज्ञप्ति जारी गर्दै प्रचलित ऐनलाई बेवास्ता गर्दै गरिएको त्रुटिपूर्ण बढुवा अबिलम्ब परिमार्जन गर्न माग गरेको हो । प्रदेश लोकसेवा आयोगको सो निर्णयले चिकित्सकलाई मर्कामा पारेको संघको दाबी छ ।

वाग्मती प्रदेश मन्त्रिपरिषद्ले असार २२ गते सार्वजनिक गरेको नामावलीमा नियमविपरीत फरक समूहबाट मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरिएको भन्दै आपत्ति जनाएको छ । सो पदमा जनरल हेल्थ सर्भिस समूहको कर्मचारी हुनुपर्नेमा इन्सपेक्सन एकीकृत चिकित्सा समूहका कर्मचारीको नाम सिफारिस हुनु कानुनविपरीत भएको संघको ठहर छ ।

स्वास्थ्य सेवा नियमावली २०५५ मा मेडिकल सुपरिटेन्डेन्ट पदमा न्यूनतम योग्यता एमबीबीएस वा सो सरह हुनुपर्ने उल्लेख छ ।

वाग्मती मन्त्रिपरिषद्ले ११औँ तहको मेडिकल सुपरिटेन्डेन्टमा दिपकप्रसाद तिवारी, वसन्त अधिकारी, डा. अर्जुनप्रसाद सापकोटा र डा. नरेन्द्रकुमार झाको नाम सिफारिस गरेको थियो  । जसमध्ये तिवारी र अधिकारी हेल्थ इन्सपेक्सन समूहका हुन् भने सापकोटा र झा एकीकृत चिकित्सा समूहका हुन् ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro