site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई मोटरसाइकल ठोक्किँदा पाँचजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–८, चुहाडे झोडामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा पाँचजना घाइते भएका छन् । को१३प ५१६४ र स१०प ५१५९ नम्बरको मोटरसाइकल गए राति करिब पौने १२ बजे ठोक्किएका हुन् ।

दुर्घटनामा ५१५९ नम्बरको मोटरसाइलमा सवार तीन र अर्को मोटरसाइकलका दुईजना घाइते भएका हुन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा पठाइएको थियो ।

गम्भीर घाइते ५१६४ नम्बरको मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–८ का अन्दाजी २२ वर्षीय पूर्णबहादुर रायलाई त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको छ । घाइते राय मधेस प्रदेश विपद् व्यवस्थापन कार्यालय पर्सामा कार्यरत प्रहरी जवान रहेको खुलेको छ । अरू घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro