site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सात लाखभन्दा बढीले लिए श्रम स्वीकृति
फाइल तस्बिर।

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा उक्त प्रतिशतमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० जेठ मसान्तसम्म नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या सात लाख १९ हजार ६७७ पुगेको छ ।

पछिल्ले ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार ४१५ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सो अवधिमा ०.५ प्रतिशतले वृद्धि भएर दुई लाख ६० हजार २६२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro