site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पश्चिम बंगालमा निर्वाचनका क्रममा हिंसा, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालमा शनिबार पञ्चायत निर्वाचनका क्रममा भएका हिंसामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । राज्यका फरक–फरक स्थानमा भएका हिंसामा कैयौँ व्यक्ति घाइते छन् ।

धेरै स्थानमा हिंसात्मक झडपसँगै आगजनी, ‘बुथ क्याप्चर’ र फर्जी मतदानका घटना सार्वजनिक भएको छ ।

हिंसाकै बीच स्थानीय समयानुसार शनिबार साँझ ५ बजेसम्म ६६.२८ प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

निर्वाचनका क्रममा धेरै स्थानमा भएको हिंसात्मक झडपमा अहिलेसम्म १२ जनाको मृत्यु पुष्टि भएको सरकारी स्रोतले जनाएको छ ।

सबैभन्दा धेरै हिंसा मुर्शिदाबाद जिल्लामा भएको छ । यस्तै, नदिया, कूचबिहार, मालदा, बर्दवानलगायत जिल्लामा पनि हिंसात्मक घटनामा मानिसको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

हिंसात्मक घटनाका लागि सत्तारूढ तृणमूल कांग्रेस र विपक्षी दलहरूले एकार्कालाई जिम्मेवार ठहर्‍याएका छन् ।

१० करोड ४० लाख जनसंख्या रहेको उक्त राज्यमा ग्राम पञ्चायत निर्वाचनमा दुई लाख उमेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro