site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनदबाबले राप्रपाको एजेन्डा पूरा हुनसक्छ : राजेन्द्र लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताएका छन् ।

शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा उनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने जिकिर गरे । यसलाई परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।

उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरू प्रयोग भएका दृश्य देखिन थालेको भन्दै समयमै सजग हुनुपर्ने बताए ।

संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि राप्रपा अघि बढेको उनले उल्लेख गरे । देशको निर्णयको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदबाब सिर्जना गर्न सके राप्रपाको एजेन्डा पूरा हुन सक्ने उनको भनाइ छ ।

अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थालाई परिवर्तन नगरेसम्म देशको स्थायित्वको कल्पना गर्न नसकिने टिप्पणी गरे ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro