site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंक/वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउनेछन् : अर्थमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर असुल गरिरहेको गुनासाबीच उनले यस्तो आश्वासन दिएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको भन्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीतिमा यो विषय सम्बोधन भएर आउने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री डा. महतले कोरोनालगायत समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्दा ठूलो राहत हुने बताए ।

“यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा छ । त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु, सायद केही न केही सम्बोधन होला,” उनले भने, “त्यसले गर्दाखेरि यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ, केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ ।”

सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै उनले यहाँकै वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गरे ।

सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन चाहेको र सोहीअनुसारको व्यवस्था बजेटमा गरिएको उनले बताए ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro