site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाली महिलाहरू दुबईको भिसा लिएर कुवेत पुग्छन् !

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाली महिलाहरू दुबईको भिसा लिएर कुवेत पुग्ने गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भण्डारीले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउन सरकारले प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट हजारौँ नेपाली महिलाहरू कुवेत पुग्ने गरेको बताए ।

मन्त्री भण्डारीले सरकारले खाडी मुलुकमा महिलाहरू काम गर्न जान रोक लगाए पनि अवैध बाटोबाट जाने गरेकाले व्यवस्थित बनाएर खोल्न आवश्यक देखिएको बताए ।

"पछिल्लो समय हामीले सूचना पाइरहेका छौँ, हरेक दिन सय डेढ सय गरी करिब २० हजार महिलाहरू अवैध रूपमा विदेश गएको देखिन्छ । हामीसँग ट्रयाक गर्ने केही पनि छैन । विमानस्थलबाट जाने भनेको श्रम स्वीकृति लिएर संस्थागत रूपमा जाने र भिजिट, इन्टडिपेन्डेन भिसामा व्यक्तिगत रूपमा श्रम स्वीकृती लिएर गएका हुन्छन्," उनले भने । 

उनले सरकारले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई प्राथमिकता दिएर शल्यक्रिया गर्ने तयारी गरेको पनि बताए ।

"नेपाली महिलाहरू नेपालबाट दुबई जान्छन् । यहाँबाट दुबईको भिसा लिएर जान्छन् । तर, अर्को भिसा कुवेतको हुन्छ । ट्रान्जिक्ट कुवेत हुन्छ, त्यहाँ ओर्लछन् । दुबईको भिसा चपाउँछन् । कुवेतको भिसा देखाएर जान्छन् । उनीहरूलाई कामदार चाहिएको छ । कुवेतमा पनि वैधानिक हिसाबले विभिन्न मोडलबाट जाने अवस्था भयो भने यसलाई नियमित गर्न सकिन्छ," उनले भने ।

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro