site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललिता निवास प्रकरणको सुनुवाइ आज पनि भएन, पक्राउ नभएका १७ जनालाई झिकाउन आदेश

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीनजनाले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुन सकेन । 

सुधिर शाह, मिनबहादुर गुरुङ र धर्म गौतमकको तर्फबाट परेको रिट सुनुवाइका लागि न्यायाधीशद्वय डा. आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा परेको थियो ।

यसअघि न्यायाधीश डा. कुमार चुडालको इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको थियो । साथै यसअघि ललिता निवास प्रकरणमै मुछिएका १७ जनालाई पक्राउ नगर्न अन्तरिम आदेश भएको रिट समेतलाई यो रिटसँगै सुनुवाइ गर्न आदेश भएको थियो ।

०७९ साउनमै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले केदार घिमिरेसहितको रिटमा सुनुवाइ गर्दै निवेदकहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । 

उक्त अन्तरिम आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयमार्फत भ्याकेट निवेदन दायर भएको छ । आजको सुनुवाइमा शाह, गुरुङ र गौतमको बन्दी प्रत्यक्षीकरणको रिटसँगै घिमिरेसहित १७ जनाले दायर गरेको रिट र उक्त रिटमा भएको अन्तरिम आदेशविरुद्धको भ्याकेट रिटको पेसी तोकिएको थियो । 

न्यायाधीशद्वयले घिमिरेसहित १७ जनाको उपस्थितबिना सबै रिटहरूको सुनुवाइ गर्न नमिल्ने भन्दै आजको सुनुवाइ स्थगित गरेका हुन् । इजलासले रिटका १७ निवेदकलाई उपस्थित हुन आदेश दिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro