site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चोरी गरेको आरोपमा दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकमा चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

हेलम्बु गाउँपालिका–३, पाल्चोकस्थित पाल्चोक स्वास्थ्य चौकीबाट कम्प्युटर एक थान, प्रिन्टर एक थान र  ब्लांकेट तीन थान गरी जम्मा करिब ७० हजार ४०० रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत गिरी र २० वर्षीय अनमोल गिरी रहेका छन् । उनीहरूलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्वास्थ्य चौकीमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro