site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
क्यानका महानिर्देशकलाई पुनः तीनदिने स्पष्टीकरण, जवाफ नदिए कारबाही

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

पहिलोपटक नौबुँदे स्पष्टीकरण सोधिएको थियो । जवाफ पेस गर्न सात दिनको समय दिइएको थियो ।

तर, महानिर्देशक अधिकारीले उक्त समयमा अटेरी गरेर जवाफ दिएनन् । बिहीबार पुनः स्पष्टीकरण सोधिएको हो । जवाफ नदिनुको कारण स्पष्ट रूपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

निर्धारित समयमा जवाफ नदिए कानुनबमोजिम अघि बढ्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro