site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट 'हेर्न नभ्याइने'मा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन आरोपितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नभ्याइने सूचीमा परेर स्थगित भएको छ । 

असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई रिहा गर्नुपर्ने माग राखेर सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनीहरूले हदम्याद सकिएको किर्तेसम्बन्धी मुद्दामा आफूहरूलाई पक्राउ गर्न नमिलने दाबी गरेका छन् । 

रिटको प्रारमभिक सुनुवाइपछि प्रहरीविरुद्ध कारण देखाऊ आदेश जारी भएको थियो । 

सोमबार प्रहरीको लिखित जवाफ पेस भएसँगै आज न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

यस प्रकरणमा पक्राउ परेका ९ आरोपतिलाई काठमाडौं जिल्ला अदालतले किर्तेसहित संगठित अपराधसमेत थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro