site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइतेको मृत्यु
प्रतिकारात्मक तस्बिर ।

दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११, उरहरीका ५५ वर्षीय खोपिराम अधिकारी रहेका छन् ।

उनको  शिक्षण अस्पताल  कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको टाउको र अनुहारमा चोट लागेको थियो ।

अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक हुन् । गत शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा उनीसहित चारजना घाइते भएका थिए ।

तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ बुद्ध चोक नजिकै रा१प ८४४६ नंको मोटरसाइकल र रा४प २८६६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro