site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितानिवास प्रकरण : बन्दीप्रत्यक्षीकरणको सुनुवाइ भट्टराई र फुयालको इजलासमा 

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट आज न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुँदै छ । हदम्याद सकिइसकेको मुद्दामा पक्राउ गरिएको भन्दै दायर रिटमा सुनुवाइ हुन लागेको हो ।

गएको बिहीबार सर्वोच्च अदालतमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट रिटहरू दायर गरिएको थियो ।

उक्त रिटहरूमा न्यायाधीश डा. कुमार चुडालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । सोमबार प्रहरीका तर्फबाट उनीहरूलाई पक्राउ गर्नुको कारणसहितको लिखित जवाफ पेस गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro