site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युगाण्डामा दुई सैनिकसहित चारजनाको हत्या
प्रतिकारात्मक तस्बिर ।

कम्पाला । युगाण्डाको सेनाले सोमबार देशको उत्तरपूर्वी जिल्ला कोटिडोमा हतियारधारी गाईवस्तुहरू पाल्ने समूहले दुई सैनिकसहित चार जनाको हत्या गरेको जनाएको छ ।

सेनाका सार्वजनिक सूचना अधिकारी मोसेस अमुयाले सिन्ह्वालाई टेलिफोनमा बताएअनुसार जिई जातीय समूहका लडाकूहरूले केको लोपुयो व्यापार केन्द्रमा एक जना कमाण्डर एक सिपाही र एक स्थानीय नेता र अर्का नागरिकको हत्या गरेका थिए ।

संदिग्धहरू सिपाहीको बन्दुक लिएर भाग्न सफल भएको बताइएको छ ।

उत्तरपूर्वी युगाण्डाको कारामोजा क्षेत्र परम्परागतरूपमा गाईवस्तु चराउने अभ्यासका लागि परिचित छ । गाईवस्तुले कारामोजोङ संस्कृति र अर्थतन्त्रमा केन्द्रीय महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro