site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
थपिए २९५ नर्स

काठमाडौं । स्वास्थ्य सेवामा २९५ जना नर्स थप गरिएको छ । लोकसेवामार्फत सोमबार २९५ नर्सको स्थायी नियुक्ति गरिएको हो । 

थपिएकामध्ये २४५ जनालाई वीर अस्पताल र अन्य ५० जनालाई संघअन्तर्गतका विभिन्न अस्पतालमा पदस्थापन गरिएको छ ।

लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको वीरमा पहिलोपटक ठुलो संख्यामा नर्स थपिएको हो । जनशक्ति थप भएसँगै वीर अस्पताललले नयाँ सर्जिकल भवन पूर्णरूपमा सञ्चालनमा ल्याउने भएको छ । 

नयाँ नियुक्त भएका नर्सहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बोलाएर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मानवीय संवेदना, गरिब र विपन्न बिरामीको उपचारलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका छन् । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro