site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्मचारी कुटेको आरोपमा पक्राउ परेका वकिल रिहा नभए देशभर बहस नगर्ने बारको चेतावनी

काठमाडौं । नेपाल बार एसोसियसनले ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका कानुन व्यवसायी अमिर लामिछानेलाई रिहा गर्न माग गरेको छ । 

आज एक विज्ञप्तिमार्फत बारले नासु तामाङमाथि दुर्व्यवहार भएको भनिएको दिनको सीसीटिभी फुटेज पेस गरी सत्यतथ्य छानबिन गर्न माग गरेको छ । बारले २४ घण्टाभित्र लामिछानेलाई रिहाइ नगरे सोमबार (भोलि) देशभरका अदालतमा बहस पैरवी नगर्ने चेतावनी दिएको छ । 

विज्ञप्तिमा बारले बन्दी प्रत्यक्षीकरणको रिटबाहेक कुनै पनि मुद्दामा उपस्थित नजनाउन कानुन व्यवसायीलाई आह्वान गरेको छ । 

गत बुधबार जिल्ला अदालतको कार्यालयभित्र नासु तामाङमाथि हातपात गरेको आरोपमा प्रहरीले लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

तर, बारले घटनालाई तोडमोड गरेर अतिरञ्जित गरिएको दाबी गरेको छ । 

Bar1688303165.jpg

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro