site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कम्बोडियास्थित फेसबुकका प्रतिनिधिलाई देश निकाला
फाइल तस्बिर : एएफपी ।

नोमपेन । कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरिएको बताएका हुन् ।

उनले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भनेका छन्, “अब फेसबुकलाई कम्बोडियामा आफ्नो प्रतिनिधि राख्न दिइने छैन । तर, देशमा फेसबुकको पहुँच रोक्ने मेरो कुनै मनसाय छैन ।”

हुन सेनले निर्वासित राजनीतिक विरोधीले गरेको ‘अपमानजनक’ टिप्पणीप्रति फेसबुकले पक्षपात गरेको आरोप लगाएका छन् ।

हुलाक तथा दूरसञ्चार मन्त्रालय (एमपीटीसी)ले शुक्रबार अबेर एक विज्ञप्ति जारी गर्दै फेसबुकका प्रतिनिधिलाई कम्बोडियाबाट निष्कासन गर्ने र कम्पनीको प्रतिनिधित्व, सरकारसँगको सम्बन्ध र निजी क्षेत्रमा साझेदारी, सहयोगजस्ता सबै गतिविधि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

एमपीटीसीले कम्बोडियाका प्रयोगकर्ताका लागि फेसबुकको सेवामा नक्कली खाताहरू सिर्जना गर्ने, निजी सुरक्षाको जोखिम, तथ्यांक प्रयोग र संकलन, नक्कली समाचारको प्रसार, जवाफदेहिता र पारदर्शिताको कमी र देशको राजनीतिक मामिलामा हस्तक्षेपजस्ता अनियमितता फेलापारेको विज्ञप्तिमा जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro