site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कांग्रेस सभापति देउवा र सीएनआईका पदाधिकारीबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरूले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्व गएको टोलीले मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।

उक्त छलफलमा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा जानकारी गराउँदै राजनीतिक दलहरूले आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरूलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए ।

आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्नेमा पनि अध्यक्ष अग्रवालले जोड दिए ।

सो अवसरमा कांग्रेस सभापति देउवाले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro