site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुर अदालतकी नासुमाथि हातपात भएपछि कर्मचारीले जनाए आपत्ति
जिल्ला अदालत ललितपुर । फाइल तस्बिर ।

काठमाडौं । जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तमाङविरुद्ध कानुन व्यवसायी अमिर लामिछानेले गरेको अभद्र व्यवहारप्रति अदालतका कर्मचारीहरूले आपत्ति जनाएका छन् । 

बुधबार अपराह्न साढे ४ बजेतिर अदालतको फाँटमा काम गर्ने तामाङमाथि लामिछानेले हातपात गरेका थिए । लामिछानेले इजलासबाट भएको आदेश हेर्नका लागि भन्दै फाइल मागेका थिए । तर, हराउन सक्ने भन्दै नायब सुब्बा तामाङले फाइल दिन मानिनन् ।

उनले प्रक्रिया पुर्‍याएर निवेदन लिएर आए त्यसको नक्कल प्रति दिन सकिने जवाफ फर्काएकी थिइन् । त्यसपछि विवाद बढ्दै गएको र लामिछानेले हातपात गरेको पीडितको दाबी छ । 

घटनापछि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

शुक्रबार जिल्ला अदालतका कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन् । साथै प्रहरीमा जाहेरी दिने क्रममा अन्य कानुन व्यवसायीले धाक धम्की दिएको उनीहरूको दाबी छ । 

356967112_603773815187411_7130910039407266197_n1688126046.png

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro