site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
योगेश भट्टराईको अभिव्यक्तिप्रति निगमका कर्मचारीको आपत्ति

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले सांसद् तथा नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

भट्टराईले कपोकल्पित र तथ्यहिन तवरले राष्ट्रिय ध्वजावाहक निगमलाई नै धरासायी पार्नेगरी अभिव्यक्ति दिएको भन्दै कर्मचारीहरूले आपत्ति जनाएका हुन् ।

भट्टराईले निगममा तीन हजार कर्मचारी रहेको भन्दै अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको निगमका ट्रेड युनियनले शुक्रबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।
 
“केही हप्ताअघि पूर्वमाननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरिमामय संसद्को संसदीय समितिमा निगममा कार्यरत कर्मचारी संख्या तीन हजार रहेको र भूमिस्थ सेवाको सम्बन्धमा कपोकल्पित र तथ्यहिन तवरले राष्ट्रिय ध्वजावाहक निगमलाई नै धरासायी पार्नेगरी दिनु भएको अभिव्यक्तिप्रति यस संयुक्त ट्रेड युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।”

हाल निगममा स्थायी ८४०, करार र ज्यालादारीमा ५०१ गरी जम्मा एक हजार ३४१ कर्मचारी कार्यरत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro