site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाफा बुकतर्फ लगानीकर्ता, पाँच अर्ब ९७ करोडको सेयर कारोबार

काठमाडौं । चार कारोबार दिनमा १२६ अंकले बढेको नेप्से बुधबार ३५.३७ अंकले घटेको छ । मंगलबार ५६.९४ अंक बढेर बन्द २,१८६ विन्दुमा बन्द भएको नेप्से आज घटेको हो । आज सेयर बजार सुरुदेखि नै घटेको थियो ।

आज कारोबार रकम भने वृद्धि भएको छ । लगातार १२६ अंकभन्दा बढी बढेको बजारमा नाफा बुक गर्नतर्फ लगानीकर्ता लागेका छन् । नाफा बुक गर्न लाग्दा पनि करिब ६ अर्बको सेयर कारोबार भएको छ । आज पाँच अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने मंगलबार पाँच अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८० धितोपत्रको एक करोड ३३ लाख ४२ हजार ९९६ कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जीवन बिमा समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । जीवन बिमा समूहको परिसूचक २.४६ प्रतिशतले वृद्धि भएको छ । आज सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह ३.२१ प्रतिशत रहेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स र बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य  १० प्रतिशतले वृद्धि भएको छ । सिटी होटेलको सेयरमूल्य भने ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको ८३ करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । शिवम् सिमेन्टको २८ करोड २२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro