site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललिता निवास प्रकरण : पक्राउ परेका तीनजनालाई छाडियो

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनजनाई छाडिएको छ । प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार सातजनालाई पक्राउ गरेको थियो ।

यसअघि नै सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीनजनालाई भने कागज गराएर छाडिएको छ ।

सीआईबीका अनुसार उनीहरूलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो । यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।

आज पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro