site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चारजना घाइते
प्रतीकात्मक तस्बिर ।

जुम्ला । जुम्लामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिका–८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ वर्षीया प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

करेन्ट लागेर चारजना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइतेको उपचार भइरहेको छ । घाइते हुनेमा सोही गाउँका शान्ति दमाइँ, राजु दमाइँ, मन दमाइँ र विरु दमाइँ छन् । रासस

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro