site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध अपराधविरुद्धको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य छ : गृहमन्त्री
फाइल तस्बिर।

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध अपराधविरुद्धको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य रहेको बताएका छन् ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको सर्वाङ्गिण विकास, समृद्धि, शान्तिसुरक्षा र सुशासन कायम गर्ने दिशामा लागुऔषध अपराधविरुद्धको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य भएको बताए ।

लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अंगिकार गरेका कार्यक्रम कार्यान्वयन गर्न सबै पक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको उनको भनाइ छ ।

लागुऔषध उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार, उपचार तथा पुनःस्थापना, जोखिम न्यूनीकरण, बिरामीको सामाजिक पुनःस्थापना, जनचेतनालाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने उनले बताए ।

मन्त्रालयका अनुसार नेपालमा एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro