site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल रेमिटबाट पठाएको पैसा अब एनएमबी बैंकको खातामा पाउन सकिने

काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार अब जुनसुकै देशबाट पनि नेपाल रेमिटमार्फत पठाएको रकम एनएमबी बैंकको बैंक खाता तथा एनएमबी बैंकका शाखा कार्यालयबाट सहजै पाउन सकिने छ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका हुन् ।

नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । यस सम्झौतासँगै अब झन सहजै नेपालमा रेमिट्यान्स प्राप्त गर्न सकिने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro