site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दाङ । दाङमा चट्याङले लागेर शनिबार साँझ दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरी खेतबारीबाट तरकारी टिपेर फर्कंदै गर्दा र केसी खेतमा काम गरिरहेको समयमा चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

अहिले चौधरी र केसी दुवैको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro