site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शुक्रबारदेखि टाटाका शोरूममा 'एक्सचेन्ज विकएन्ड' हुँदै

काठमाडाैं । टाटा माेटर्स नेपालले 'एक्सचेन्ज विकएन्ड' अभियान सञ्चालन गरेकाे छ । शुक्रबार (आज)देखि टाटा माेटर्स नेपालकाे आधिकारिक बिक्रेता सिप्रदीका देशभर रहेका शोरुममा 'एक्सचेन्ज विकएन्ड' चल्ने भएकाे हाे ।

असारको ८, ९, १०, ११ र १२ गतेसम्म चल्ने एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी लिएर टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने कम्पनीले जनाएकाे छ ।

यसलाई अझ सहज बनाउने उद्देश्यले शोरुममा इन्स्योरेन्स सुविधा, बैंकिंङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागिता रहने कम्पनीकाे भनाइ छ ।

थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७ वा १६६००१५५७७७ मा नि:शुल्क सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro