site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस ९जुन २१० को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग गाँसिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय हो ।”

हाम्रा योग गुरुहरू र अध्येताहरूका अनुसार मात्र नभएर ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमि भएको प्रमाणित गर्ने सन्देशमा उल्लेख छ ।

“भौतिक विकास गरी सुख प्राप्त गर्ने आकांक्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्थामा यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसले योग परम्परालाई व्यापक बनाई सबैलाई शारीरिक र मानसिक रूपमा स्वस्थ एवं सुखी रहन प्रेरणा दिन सकोस् भनी शुभकामना व्यक्त गर्दछु,” राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू  गरिएको हो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro