site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईटी क्षेत्रमा अथाह सम्भावना छ, उलेख्य कदम चालिएन : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएका क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै वाग्लेले आईटी क्षेत्रबाट मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै त्यतातर्फ सरकारले कुनै सोच विचार नगरेको बताए ।

“नेपालमा आईटी क्षेत्रको सम्भावना कति छ ? विदेशको काम गर्ने नेपाली कति छन् ? भनेर हामीले निजी क्षेत्रबाट अध्ययन गरेका थियौँ । यसको प्रारम्भिक तथ्यांकहरू सुन्दाखेरि नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउन सक्ने अनुमान गर्न सकिन्छ,” उनले भने, “यो नयाँ रूपान्तरणकारी सेक्टरमा हामीले उही झारा टार्ने डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा खुम्चिएका छौँ । तर, रूपान्तरणकारी जुन सम्भावना छ, त्यसबारे हामीले सम्बोधन गरेकै छैनौँ ।”

आईटीको अपार र अथाह सम्भावनालाई बजेटले बेवास्ता गरेको उनले बताए । त्यसको सम्भावनाको भेउ नै पाउन नसकेको पनि बताए । मिडल लेबलमा करिब ६ हजार ३९५ डलर र सिनियरमा नेपालमै बसीबसी १५ हजार ३२२ डलर कमाउने गरेको पनि वाग्लेले बताए ।

“हामीले निकालेको आँकडाअनुसार सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छन् । करिब सात हजार जतिले ट्याक्स तिर्छन् । १०६ वटा एक्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेछन्,” उनले भने, “फ्री लेन्सर कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेछन् । उनीहरूको औसत आम्दानी छ– चार हजार ७२३ डलर । प्रतिवर्ष पाँचहजार डलर उनीहरूको आय रहेछ । यो आय चानचुने कुरा हैन । अहिले युद्ध भइरहेको युक्रेनको प्रतिव्यक्ति आय पाँच हजार डलर हो ।”

वाग्ले थप्छन्, “आईटी क्षेत्रबाट सिनियर लेबलकाहरूले यसरी आम्दानी गर्नेको प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि हो । यति डाइनामिक सेक्टर यहीँ छ । तपाईं हामीसँग चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग यसरी काम गरिरहेको हुन सक्छ ।”

यसरी काम गर्नेहरूले कुलमा वार्षिक ५१ करोडभन्दा बढीको आम्दानी गरिरहेको पनि उनले बताए । यस्ता क्षेत्रबाट पनि विदेशी मुद्रा व्यापक आर्जन गर्न सकिने उनले बताए । तर, ऐन तथा नियममा भएका कुराहरूलाई सुधार गर्दै जानुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro