site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भाकर अदालतमा गोली चल्दा दुईजना घाइते
प्रतीकात्मक तस्बिर।

भाकर । पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुईजना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो । मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुईजनाले गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ भने घाइतेहरूलाई अस्पताल  पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ।

पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको छ । रासस/एएनआई

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro