site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संखुवासभा पुगेर प्रधानमन्त्रीले भने– उद्धार, राहत उच्च प्राथमिकतामा छ
तस्बिर : भविन कार्की/रासस ।

किमाथांका । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज संखुवासभा आइपुगेका प्रधानमन्त्री प्रचण्डले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताए ।

तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार र स्थानान्तरणका लागि मातहतका निकायले काम थालिसकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाइने बताए । बाढीले बगाएका पक्की पुलमा तत्कालै ‘बेलिब्रिज’ राखेर आवतजावतलाई सहज बनाइने उनको भनाइ छ ।

बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हेलिकोप्टरमार्फत संखुवासभा आएका हुन् ।

यस्तै, सांसद दीपक खड्का, योगेशकुमार भट्टराई, वसन्त नेम्वाङ र कोसी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता छन् । एकजनाको मृत्यु भएको छ । बाढीमा परी चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपरहेवा जलविद्युत् आयोजनाका १७ मजदुर बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro