site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ताप्लेजुङको मेहेलेमा पहिरोमा परी थप एक बेपत्ता, दुईजना घाइते
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा पर्ने हेवाखोलामा शनिबार राति आएको बाढीले तटीय क्षेत्रमा गरेको क्षति । तस्बिर : रवीन्द्र काफ्ले/रासस ।

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६, मेहेलेमा आज बिहानको पहिरोमा परी दुईजना गम्भीर घाइते भएका छन् । एकजना सम्पर्कविहीन बनेका छन् ।

पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएका स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए । उनका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कविहीन छन् ।

मेहेलेको मुकुभञ्ज्याङ क्षेत्रमा पहिरो गएको थियो । घाइते भएकाको उपचारका लागि अन्यत्र लैजान हेलिकोप्टर आवश्यक देखिएकाले स्थानीयस्तरबाट पहल भइरहेको उनको भनाइ छ ।

घरनजिकै सडकमा रहेको मोटरसाइकल थन्क्याउन निस्किएका समयमा आएको पहिरोमा परी घाइते र बेपत्ता बनेको खबर आफूले पाएको स्थानीय भुपाल मंरातीले जानकारी दिए ।

शनिबार साँझदेखि भएको वर्षा अझै रोकिएको छैन । मेहेले साविक ९ नम्बरका अधिकांश मानिसले आफ्नो घर छाडेर अन्यत्र सरेका छन् । तर, सुरक्षित भनिएकै ठाउँ पनि भारी वर्षाका कारण जोखिममा रहेको कमल कडरियाले बताए ।

मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायत पूर्वी क्षेत्रमा योपटक अत्यधिक वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण त्यहाँका नागरिक त्रसित भएर बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए ।

मेहेलेमा शनिबार गएको पहिरोमा परी तीनजना अझै बेपत्ता छन् । एकजनाको शव भेटिएको छ । मेहेलेमा मात्र ६ घर पूर्ण रूपमा बाढीपहिरोले बगाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro