site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाको खोप खेर फाल्नेलाई कारबाही हुनुपर्छ : सांसद सुवाल 

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले कोरोनाविरुद्धको खोप खेर फाल्ने सरकारी अधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।

संसद्मा जारी स्वास्थ्यको बजेट विनियोजन विद्येयकमाथिको छलफलमा सांसद सुवालले यस्तो माग अघि सारेका हुन् । 

विदेशमा रहेका नेपालीले आफ्नो रोटीको पैसा काटेर पठाएको “कोरोनाको खोप खेर फाल्ने अधिकारीलाई कारबाही हुनुपर्छ, यसतर्फ स्वास्थ्यमन्त्रीको ध्यान जाओस्” उनले भने । 

त्यस्तै आगामी दिनमा नेता र नेताका श्रीमतीको स्वास्थ्य उपचार विदेशमा हुन नहुने, अत्यावश्यक औषधि आयातमा औषधि व्यवस्था विभागले ढिला गर्न नहुने विषयमा पनि सांसद सुवालले सरकारको ध्याकर्षण गराएका छन् । 

प्रत्येक प्रदेशमा एउटा अन्तरराष्ट्रिय स्तरको अस्पताल सञ्चालन गर्न र नीजि अस्पतालई प्रोत्साहन गर्नुको साटो सरकारी अस्पतालको सुधार र व्यवस्थापनमा ध्यान दिन पनि सांसद सुवालको माग छ ।  


 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro