site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा जुवातास खेलिरहेका १२ जना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका दुई स्थानबाट शनिबार १२ जना पक्राउ परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नगद ९५ हजार ३३५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, टोखा नगरपालिका–३, धनेश्वरमा डेरा गरी बस्ने गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ की २० वर्षीया सविता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित पाँचजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नगद एक लाख ९० हजार रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro