site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरुवा बन्दुक, मृगको मासुसहित चारजना पक्राउ

काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका–४, धौखोलाबाट हातहतियारसहित चारजना पक्राउ परेका छन् ।

भरुवा बन्दुक तीननाल, खुकुरी एकथान र करिब चार किलोग्राम मृगको मासुसहित सोही ठाउँ बस्ने ६० वर्षीय पदम सिलवाल समेत चारजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरूलाई उक्त सामग्रीसहित फेला पारी नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धादिङकै नेत्रावती गाउँपालिका–२, कमरेनमाथि माथिलो गुम्बास्थित जगंलबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक एकनाल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro