site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ समितिले धितोपत्र बोर्डका पदाधिकारीसँग छलफल गर्ने

काठमाडौं । अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा पदाधिकारीसँग छलफल गर्ने भएको छ । 

मंगलबार (असार ५ गते) समितिले बोर्डका अध्यक्ष लगायतका पदाधिकारीलाई छलफलमा बोलाएको हो ।

यसअघि बसेको समितिको बैठकले बोर्डका अध्यक्षलाई बोलाएर नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका विषयमा सोध्नुपर्ने आवश्यकता रहेको औंल्याएको थियो । 

बैठकमा सांसदहरूले नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेन्जमा अनियमितता भएको भन्दै आगामी बैठकमा अध्यक्षसहितको बैठक राख्नुपर्ने माग गरेका थिए । 

सोहीअनुसार मंगलबार बिहान ८ बजे बस्ने बैठकमा नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको विषयमा छलफल हुने बताइएको छ ।

समितिले यसअघि ब्रोकर र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro