site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अस्पतालले भन्यो– राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर छ 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

सेन्टरले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्नु पर्ने भएकाले उनलाई आज बिहान अस्पताल भर्ना गरिएको थियो । 

राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । २४ घण्टा चिकित्सकको निगरानीमा राखेर उनलाई गत बुधबार डिस्चार्ज गरिएको थियो । 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro