site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम प्रदेशले ल्यायो २९ अर्ब २६ करोडको बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले उक्त बजेट ल्याएका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख, पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत दुई अर्ब ३४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ ३० करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ५० करोड र संघीय सरकारबाट राजस्व बाँडफाँटबाट ९ अर्ब ४१ करोड १७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

संंघीय रोयल्टीबाट बाँडफाँटबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।  संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ५२ करोड तीन लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने तीन अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

त्यस्तै, ससर्त अनुदानबाट चार अर्ब ५१ करोड १६ लाख, संघीय समपुरक अनुदानबाट ७७ करोड र विशेष अनुदानबाट ६२ करोड प्राप्त हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro