site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बालेनलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण, ७ दिनभित्र जवाफ दिनुपर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । 

महानगरले प्राधिकरणको त्रिभुवन विमानस्थल क्षेत्रमा फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधको हो ।

“तारबार फेन्सिङ काटी लैजाने कार्यमा तपाईंको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१) बमोजिम सजाय किन नगर्ने हो ?,” पत्रमा भनिएको छ  ।

प्राधिकरणले सात दिनभित्र लिखित जवाफ दिन भनेको छ । प्राधिकरणले बालेनसहित वडा नम्बर ९ का वडाध्यक्ष र राजेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको छ ।

“नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५१ बमोजिम पत्र प्राप्त भएको ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन प्राधिकरणको जेठ ३२ निर्णयानुसार जानकारी गराइन्छ,” पत्रमा भनिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro