site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महानगरले हटायो रिङरोड क्षेत्रका टिकट काउन्टर, अब टिकट कहाँ काट्ने ?

काठमाडौं । काठमाडौं महानगरले रिङरोड क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउन्टर हटाएको छ ।

आज काठमाडौं महानगरको नगर प्रहरीले कोटेश्वर, गौशाला, चाबहिल, बल्खुसहितका स्थानमा पुगेर अव्यवस्थितरूपमा रहेका टिकट काउन्टर हटाएको हो ।

महानगर प्रहरीले टिकट बिक्रीका लागि लागिएका बोर्ड ब्यानर पनि हटाएको छ । 

महानगरपालिकाले उपत्यकाको सार्वजनिक गाडीलाई व्यवस्थित बनाउनका सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दुरीका गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अबदेखि जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । उपत्यका बाहिरिने साना सार्वजनिक सवारीसाधनलाई नयाँ बसपार्क पछाडि पार्किङ र टिकट काउन्टरको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro