site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालमा तीन साताभित्र थपिँदै ३०० नर्स 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले वीर अस्पतालका लागि ३०० नर्सिङ जनशक्ति थप्ने प्रक्रिया तीन साताभित्र टुंग्याउने भएको छ ।

स्थायी दरबन्दीमा नर्स थप गर्ने प्रक्रिया तीन साताभित्र टुंगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले बताइन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सचिव गुरागाइँले सो जनशक्तिमार्फत वीरको सर्जिकल वार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताइन् ।

यस्तै, संघीय अस्पतालहरूमा ५०० स्वास्थ्यकर्मी थप गर्न अर्थ मन्त्रालयको सहमतिमा योजना बनाइएको पनि उनले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro