site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विज्ञापन संघको ३३औँ वार्षिकोत्सवमा रक्तदान

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले ‘सृजनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार’ नारासहित ३३औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार (३० गते) संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभातफेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम मनाएको हो ।

शान्तिनगरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम सहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई संघका अध्यक्ष सोमप्रसाद धितालले सम्बोधन गर्दै सृजनशील र मर्यादित विज्ञापन बजारले नै सम्पूूर्ण संचार माध्यम, विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए ।

कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro