site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोटरसाइकलमा चारजना चढेपछि...

काठमाडौं । सिरहामा चारजना सवार एउटा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा चारैजना गम्भीर घाइते भएका छन् ।

गए राति कर्जन्हा नगरपालिका–६, बडहरा मिर्चैयामा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा उनीहरू गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक स्थानीय २९ वर्षीय कमलेश साह, मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सञ्जय साह, २१ वर्षीय अमित पासवान र २५ वर्षीय वीरेन्द्र पासवान रहेका छन् ।

प्रहरीका अनुसार कर्जन्हा बजारबाट बडहरा मिर्चैया जाने क्रममा गए राति करिब १ बजे प्रदेश २–०१–००२ प १५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । उपचारका लागि घाइतेलाई विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro