site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा जुवातास खेलिरहेका १३ जना समातिए
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–११, भोटेवहालस्थित शान्तिमार्गमा बस्दै आएका शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–१ घर भई शान्तिमार्गमा डेरा गरी बस्दै आएका ५२ वर्षीय दिनेश शेरचनसहित १३ जना रहेका प्रहरीले जनाएको छ ।

उनीहरूलाई नगद एक लाख ६७ हजार रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro